खाेज्नुहाेस

गोदावरीमा माओवादीले गठबन्धन नगर्ने

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा नेकपा माओवादीले गठबन्धन नगर्ने भएको छ । आसन्न बैशाख ३० गते हुन गैरहेको स्थानिय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन गर्ने बताईएको भएपनि अहिले आएर माओवादीले गठबन्धन नगर्ने बताएको हो ।

नेकपा माओवादीका गोदावरी नगरकमिटि अध्यक्ष धर्म कुँवरले शनिबार एक विज्ञप्ती जारी गर्दै स्थानिय तहको निर्वाचनमा माओवादी एकल रुपमा अघी बढ्ने बताएका छन ।

attariya hospital
navjiwan hospital

‘सामरीक महत्वको गोदावरी नगरपालिकामा २०७४ को निर्वाचनमा गठबन्धन घटक मध्ये दोस्रो स्थान हासिल गरेको तथ्य भएपनि गठबन्धनका नाममा माओवादी केन्द्रलाई प्रमुख÷उपप्रमुख पदमा समेत संलग्न नगराउने षडयन्त्र भएको प्रति गम्भीर ध्यानाकर्षण भएको छ’ अध्यक्ष कुँवरद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ‘त्यसैले नगरपालिकामा एकमत निर्णयका साथ पार्टीको नेतृत्वमा एकल रुपमा निर्वाचन प्रकृयामा अघी बढ्ने निर्णय विज्ञप्ती मार्फत सार्वजनिक गर्दछौ ।’