खाेज्नुहाेस

आज विश्व पुस्तक दिवस मनाईदैं

Image

अत्तरिया – विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस शनिबार नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईँदै छ । सन् १९९५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसंघीय शैक्षिक तथा साँस्कृतिक संगठन युनेस्काको महासभाले अप्रिल २३ को दिनलाई विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । सोही अनुसार हरेक वर्ष यो दिव मनाउने गरिएको छ । यो वर्ष आदिवासी भाषालाई जोड दिएर दिवस मनाईंदै छ ।

navjiwan hospital

सन् १६१६ मा विश्व साहित्यमा महत्वपूर्ण योगदान गर्ने विलियम्स शेक्सपियर र इनका गार्सिलासो पी ला वेगाको निधन भएको दिनको सम्झनामा हरेक वर्ष विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाउने गरिएको हो । यो दिन विश्व साहित्यमा महत्वपूर्ण दिनको रुपमा लिइन्छ । नेपालमा भने केही वर्ष अघिदेखि मात्र यो दिवस मनाउन थालिएको हो ।

attariya hospital

पछिल्ला वर्षहरुमा पुस्तक पढ्ने बानीको विकास हुन थालेको छ । सर्जकको अनुमति बिना नक्कल गर्न, उत्पादन गर्न र बिक्री वितरणमा रोक लगाउने कानूनको रुपमा नेपालमा प्रतिलिपी अधिकार ऐन २०५९, प्रतिलिपी अधिकार नियमावली २०६१ कार्यान्वयनमा छ । दिवसले पुस्तकको शक्तिलाई थप प्रकाश पार्ने र पुस्तकको पहुँच सबै क्षेत्र, समुदाय तथा वर्गमा पु¥याउनु पर्नेमा युनेस्कोले जोड दिएको छ ।

नेपालमा पनि पछिल्ला केही वर्ष यता विभिन्न कार्यक्रम गरेर पुस्तक दिवस मनाइने गरिन्छ । पुस्तक दिवसकै अवसर पारेर साथीसंगीबीच पुस्तक उपहार दिने चलन पनि नेपालमा बढ्दै गएको छ । यस वर्ष पुस्तक दिवसको थिम ‘शेयर अ स्टोरी’ राखिएको छ । यो वर्ष अभिभावक तथा सरसंगीबीच एकअर्कालाई कथा पढ्न र सुनाउन आग्रह गरिएको छ ।