काठमाण्डौं – नेकपा माओवादी केन्द्रले उम्मेदवार नभएका स्थानीय तहमा मतपत्रमा चुनाव चिन्ह नराख्न माग गरेको छ । उम्मेदवारै नभएको स्थानीय तह प्रमुख र उपप्रमुखसहित वडाका मतपत्रमा चुनाव चित्त नराख्न शुक्रबार निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको हो ।

स्थानीय चुनावमा सत्ता गठबन्धन भएपछि अधिकांश क्षेत्रमा उम्मेदवारै नहुने भएपछि माओवादीले मतपत्रमा समेत चुनाव चिन्ह हटाउन आग्रह गरेको पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताए । ‘सबै स्थानीय तहका प्रमुख र उपप्रमुखसहित वडामा दलका उम्मेदवार नहुन सक्छन् त्यस्तो अवस्था चाहिने भन्दा बढी चुनाव चिन्ह हुँदा जनता झुक्नि सक्छन भनेर निर्वाचन आयोगमा गएर ध्यानाकर्षण गराएका छौं’ ढकालले भने, ‘उम्मेदवारै नभएको क्षेत्रमा किन चुनाव चिन्ह राख्नु प¥यो? त्यसो भएमा मतपत्र पनि बदर हुँदैन थियो ।’




















