खाेज्नुहाेस

एकीकृत समाजवादीको घोषणापत्र : किसानले मुल्य नपाए पालिकाले खरिद गर्ने

Image

अत्तरिया – नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनका लागि आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ । ४८ पृष्ठ लामो घोषणा पत्र मंगलबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

एकीकृत समाजवादीले घोषणापत्रको नारा जनमुखी स्थानीय सरकार विकास र समृद्धिको आधार दिएको छ ।

attariya hospital

घोषणा पत्रमा कृषिमा संरक्षित बजारको अवधारणा अगाडी सारिएको छ । ‘खेती किसानीबाट ज्यालासमेत नउठ्ने वर्तमान व्यवस्था नै यसतर्फ विकर्षणको प्रमुख कारण बनेको छ र यसले गर्दा ग्रामीण क्षेत्रबाट जनशक्ति विस्थापित भई वैदेशिक रोजगारीमा युवा जनशक्ति पलायन भैरहेको छ’ घोषणा पत्रमा भनिएको छ ‘यस्तो हुन नदिनका लागि हरेक पालिकाहरुले आफ्नो भूगोलभित्र कृषिउत्पादन बढाउने र कृषिउत्पादन बिक्री हुने सुनिश्चितताका लागि व्यवस्थित योजना बनाई लागु गर्ने छन ।’

navjiwan hospital

घोषणा पत्रमा कृषि उत्पादनको समर्थन मूल्य कायम गरी मुल्य नपाएर उत्पादन खेर जाने स्थिति अन्त्य गर्न निश्चित सीमा तोकेर त्यसभन्दा कम मुल्य भएमा पालिकाले नै खरिद गरिदिने उल्लेख छ ।

साथै कृषि उत्पादन संरक्षणका लागि हरेक पालिकामा आवश्यकता अनुसार शीत भण्डार, दुध चिस्याउने केन्द्र तथा कृषि उपज संङ्कलन केन्द्रको व्यवस्था गरीने घोषणा पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै घोषणा पत्रमा हरे स्थानीय तहको भूगोलभित्र सिचाई सुविधा पुगाउने, सहजतापूवर्क मल बिउ उपलब्ध गराउने, अर्गानिक उत्पादन तर्फ प्रोत्साहन गर्ने उल्लेख छ ।

‘विदेसिएका युवालाई स्वदेश फर्काऊँ : कृषिउत्पादनमा वृद्धि गरौं ।’ भन्ने आह्वानका साथ युवाहरुलाई कृषि उत्पादनतर्फ आकर्षित गर्ने घोषणा पत्रमा उल्लेख छ ।