डोटी – डोटीको शिखर नगरपालिकामा चुनावी गठबन्धन नगर्ने नेपाली कांग्रेसले बताएको छ । काँग्रेस शिखर नगर कमिटीले स्थानीय तहको निर्वाचनमा कसैसँग पनि चुनावी तालमेल नगर्ने बताएको हो ।

गठबन्धनका विषयमा सहमति हुन नसकेपछि काँग्रेसले एक्लै चुनाव लड्ने निर्णय लिएको नेपाली काँग्रेस शिखर नगर कमिटीका सचिव अर्जुन कुमार बलायरले बताए । चुनावी तालमेलका सम्बन्धमा सत्ता साझेदार दलका नेताहरुका बीच पटक–पटक छलफल भए पनि सहमति हुन नसकेको उनले बताए ।

यसअघि शिखर नगरपालिकामा नेपाली काँग्रेले मेयर उपमेयरसहित ७ वटा वडामा जित हाँसिल गरेको थियो । नेकपा एमालेले ३ वटा वडामा विजय हुँदा नेकपा माओवादी एक वडामा सिमित रहेको थियो ।


















