खाेज्नुहाेस

दार्चुलामा जीप दुर्घटना हुँदा ८ जना घाइते

Image

दार्चुला – दार्चुलामा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन । शनिवार बिहान मार्मा गाउँपालिकाको लटिनाथबाट सेल्बिसा जादै गरेको सु. प. प्र. ०१ ००१ ज १२०८ नम्बरको जिप मार्मा–२ सिमारमा दुर्घटना हुँदा ८ जना घाइते भएका हुन ।

navjiwan hospital

उक्त जीप दुर्घटना घाइते हुने बसै मार्मा–१ गुल्जरका रहेका छन । घाइते हुनेहरुमा ८६ वर्षीय रतन सिंह धामी, उमेर नखुलेका रघुविर सिंह धामी, दिया धामी, परुली धामी, जानकी ठगुन्ना, पाना महर, वकिल ठगुन्ना र देवान ठगुन्ना रहेका छन् । घाइते सबैको लटिनाथ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

attariya hospital

मार्मा–१ पारीबगडका सवारी धनी देवेन्द्र टमटाले चलाएको जीप दुर्घटना भएको हो । उनि सँग सवारी साधन चलाउन आवश्यक पर्ने चालक अनुमति पत्र लाइसेन्स नरहेको खुलेको प्रहरीले जनाएको छ । दुर्घटना पछि चालक देवेन्द्र टमटा फरार रहेको बताइएको छ ।