अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाको उपप्रमुखका लागी टिकेश्वरी पाण्डेय (प्रेरणा) ले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन ।

आउँदो वैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागी नेपाली कांग्रेसका तर्फबाट पाण्डेयले कृष्णपुर नगरपालिकाको उपप्रमुखका लागी आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन ।

उनले आफु योग्य र सक्षम भएकाले पार्टीले आफुलाई नै उप प्रमुखको टिकट दिने बताईन । उनले आफुलाई जनताको पनि साथ रहेकाले निर्वाचनमा आफ्नो जित सहज रहेको समेत बताईन ।



















