
कञ्चनपुर – कञ्चनपुरमा बँदेलको आक्रमणमा परेर एक पुरुष घाइते भएका छन । शुक्लाफाँटा नगरपालिका ६ कसरौलका ५५ वर्षीय आनन्दसिंह भाट बँदेलको आक्रमणमा परेर घाइते भएका हुन ।
उनलाई बिहान मनिङ वाकमा गएको बेला बदेलले आक्रमण गरेको थियो । बँदेलको आक्रमणबाट भाटको हात र खुट्टामो घाउ भएको छ ।
उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।



















