खाेज्नुहाेस

सत्यवतीमा विशु मेला : विज्ञान देखि सांस्कृतिक प्रदर्शनी (भिडियो)  

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको सत्यवती एकेडेमीले विशु मेलाको आयोजना गरेको छ । विद्यार्थीहरुमा भएका अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्न र बिभिन्न परम्परागत कला संस्कृतिका बारेमा विद्यार्थीलाई जानकारी दिनका लागि मेलाको आयोजना गरिएको हो ।

मेलामा विज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी, शिल्पकला प्रदर्शनी, सुदूरपश्चिमका जिल्लाहरुको भौगोलिक, सांस्कृतिक, धार्मिक र पर्यटकिय पहिचान गर्ने छुट्टा छुटै स्टलहरु राखिएका थिए ।

attariya hospital

त्यस्तै मेलामा काठको चर्खा, पिङ्ग, परम्परागत सामानहरुको संग्रह, परम्परागत पोशाकहरुको संग्रह, सुदूरपश्चिमका परम्परागत खानाहरुको प्रदर्शनी सखिया नाच राना थारु होरी नाच, पञ्चेबाजा, देउडा, भुवानाच लगायतका प्रर्दशनी गरिएको एकेडेमीका संचालक बिर बहादुर कडायतले बताए ।

navjiwan hospital

मेलामा विद्यालयका विद्यार्थी तथा अभिभावकको सहभागिता रहेको थियो ।

भिडियो