खाेज्नुहाेस

सुदूरपश्चिम प्रदेश लोकसेवाले पहिलो पटक खोल्यो विज्ञापन, १६७ वन रक्षक माग

Image

अत्तरिया – प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशले ले पहिलो पटक विज्ञापन आह्वान गरेको छ । लोकसेवा कार्यालयले बुधबार वन रक्षक, नेपाल वन, जनरल फरेष्ट्री पदका लागि १६७ जना माग गरेको हो ।

जसमा खुलातर्फ ९२, महिलातर्फ २५, आदिवासी जनजातीतर्फ २०, मधेसीतर्फ १६, दलिततर्फ ७, अपाङतर्फ ४ र पिछडीएको क्षेत्रतर्फ ३ पदका लागि विज्ञापन खोलिएको छ ।

attariya hospital

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सुदूरपश्चिम प्रदेश धनगढीले वन रक्षक माग गरे बमोजिम विज्ञापन आह्वान गरिएको प्रदेश लोकसेवा कार्यलयले जनाएको छ ।

उक्त पदमा अनलाइन मार्फत दरखास्त दिन सकिने जनाएको छ । दरखास्त दिने म्याद चैत्र २९ गते सम्म तोकिएको छ भने दोब्बर दस्तर तिरर बैसाख ६ गते सम्म दरखास्त दिन सकिने छ । दरखास्त शुल्क १ सय रुपैया तोकिएको छ भने समावेशी समूहतर्फ थप १ सय लाग्ने जनाइएको छ ।

विज्ञापन

navjiwan hospital