खाेज्नुहाेस

अनुसन्धान सकेर पल शाह विरुद्ध मुद्दा दर्ता गर्ने तयारी

Image

काठमाण्डौं – नाबालिग बलात्कार उजुरी परेपछि तनहुँ प्रहरीको हिरासतमा रहेका नायक पल शाह विरूद्धको अनुसन्धान सकिएको छ ।
तनहुँ प्रहरीले अनुसन्धान पूरा गरेर रायसहित जिल्ला सरकारी वकिलको कार्यालयमा मिसिल बुझाएको जिल्ला न्यायाधीवक्ता रामचन्द्र शर्माले जानकारी दिए ।

‘प्रहरीबाट रायसहित अनुसन्धान मिसिल आएको छ, हामीले अध्यनय गर्दैर्छौं,’ शर्माले भने, ‘भ्याएसम्म आजै मुद्दा दर्ता गर्छौं, नभ्याए भोलि ।’
एक नाबालिग गायिकाले एक वर्षदेखि नायक शाहले विभिन्न प्रलोभनमा पारेर बलात्कार गरेको भन्दै तनहुँ प्रहरीमा उजुरी दिएकी थिइन् । नाबालिगका परिवारले फागुन ११ गते उजुरी दिएपछि शाह फागुन १५ गते प्रहरी हिरासतमा पुगेका थिए ।

attariya hospital

पीडित नाबालिगले फागुन १५ गते नै नवलपुरमा प्रहरीमा समेत बलात्कार उजुरी दिएकी थिइन् ।

navjiwan hospital

नवलपुर प्रहरीले अनुसन्धान पूरा गरेर जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् बलात्कार मुद्दा दायर गरिसकेको छ ।

नवलपुरस्थित एक रिसोर्टमा एक वर्षअघि भएको बलात्कारको मुद्दा दायर गर्ने हदम्याद सकिनै लागेकाले नवलपुरले छिटो मुद्दा दायर गरेको प्रहरीले जनाएको छ ।

नवलपुरमा दर्ता भएको अभियोगपत्रमा शाहलाई अधिकतम सजाय माग गरिएको छ ।

फागुन १५ गते प्रहरी नियन्त्रणमा पुगेकाका शाहलाई त्यही दिन ७ दिन, फागुन २१ गते १२ दिन र चैत ४ गते ५ दिन म्याद थप गरेको थियो ।