खाेज्नुहाेस

बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु , ५ घाइते

Image

बैतडी – बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन । आइतबार साँझ पाटनबाट सुर्नया तर्फ आउँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा सुर्नया गाउँपालिका ३ का २५ बर्षीया दुर्गा चन्दको मृत्यु भएको हो ।

navjiwan hospital

से १ ख १२४२ नम्बरको मिनी ट्रक पाटन नजिकै सडकमा पल्टिदा ६ जना घाइते भएको र, ६ जना मध्ये एकजनाको उपचारका लागि डडेल्धुरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताएका छन ।

attariya hospital

दुर्घटनामा परेर सुर्नया गाउँपालिका ३ का ३५ बर्षीया माधवी चन्द, ३५बर्षीया वसन्ती भट्ट र ३३ बर्षीया कलावती भट्ट घाइते भएका छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ ।

यस्तै समान्य घाइते भएका सुर्नया ३ कै २८ बर्षीया निर्मला चन्द र ३३ बर्षीया पार्वती बिष्ट पाटनमा उपचार पछि घर फर्किएका प्रहरी निरीक्षक शाहीले बताए ।
ट्रक चालक पाटन नगरपालिका – ४ का विरेन्द्र खत्री फरार रहेका र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।