धनगढी – सुदूरपश्चिम प्रदेशका ८ अस्पतालमा अध्यक्ष नियुक्त गरिएका छन । बिहीबार बसेको सुदूरपपिश्चम प्रदेशको मन्त्रिपरिषद बैठकले ८ अस्पतालका अध्यक्षको नियुक्ति दिएको हो ।
जसअन्तरगत सेती प्रादेशिक अस्पतालको अध्यक्षमा नरबहादुर शाह (निर्मल), महाकाली प्रादेशिक अस्पतालमा कृष्णानन्द भट्ट, टीकापुर अस्पतालमा झपटबहादुर सोडारी, अछाम जिल्ला अस्पतालमा शिव बोगटी, बाजुरामा मानबहादुर कार्की, बझाङमा सुनबहादुर सिंह, दार्चुलामा दीपक जोशी र बैतडी जिल्ला अस्पतालमा पार्वती भट्ट नियूक्त गरिएको छ ।


प्रदेश सरकार मातहत रहेका ८ अस्पतालमा पुराना अध्यक्षको कार्यकाल सकिएपछि नयाँ नियुक्ती दिईको सुदूरपश्चिम सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले बताइन् ।
सामाजिक विकास मन्त्रालयको प्रस्तावमा उक्त नियक्ति दिइएको मन्त्री जोशीले बताईन् ।
डोटी जिल्ला अस्पताल पनि प्रदेश मातहत पर्ने भएपनि उक्त अस्पतालका कागजपत्र प्राविधिक कारणले आउन नसकेका कारण नियुक्त गर्न ढिलाइ भएको जनाइएको छ ।

















