खाेज्नुहाेस

गोदावरीमा ५ दिने व्यवसायीक बंगुर पालन तालिम सम्पन्न

Image

अत्तरिया – कैलालीको गोदावरीमा ५ दिने व्यवसायीक बंगुर पालन तालिम सम्पन्न भएको छ । फागुन २९ गते देखि सुरु भएको तालिम बिहिबार एक औपचारीक कार्यक्रमका बिच अत्तरियामा रहेको नेचुरल होटलमा सम्पन्न गरिएको छ ।

गोदावरी नगरपालिकाका सूचना अधिकारी एवम गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) का फोकल प्रसन शिवराज भाटको अध्यक्षतामा तालिमको समापन गरिएको हो ।

attariya hospital

मेडपा अन्तरगत गोदावरी नगगरपालिकाको आयोजनामा सम्पन्न तालिममा गोदावरी नगरपालिका १, ३ र ४ का १७ जनाको सहभागिता रहेको थिए ।

navjiwan hospital

तालिमको प्रशिक्षण गोदावरी नगरपालिकाको पशु शाखामा कार्यरत राम बहादुर सार्की, टेक बहादुर शाहु, बिर बहादुर ठगुन्ना, केशर राज पाण्डेले गरेको गोदावरी नगरपालिकाका उद्यम विकास सहजकर्ता दिपेन्द्र कुमार ओली बताए । उनले तालिम लिएका सहभागिलाई उद्यमी बनाउन सहयोग गरिने बताए ।

मेडपा मार्फत चालु आर्थिक बर्षमा गोदावरी नगरपालिकाका १७५ जनालाई लघु उद्यमी बनाइने लक्ष्य लिइएको छ । कार्यक्रम अन्तरगत हाल नगरपालिकामा बिभिन्न सीप तालिम संचालन भइरहेका छन ।

गोदावरीमा यो कार्यक्रम गत बर्ष देखि सचालनमा आएको थियो । नगरपालिकाले यो कार्यक्रम गोदावरी नगरपालिकाका १, २, ३ र ४ मा संचालित छ ।

लगतै मेडपाकै कार्यक्रम अन्तरगत ब्यवसायीक कुखुरा पालन तालिमको आयोजना गरिने गोदावरी नगरपालिकाका उद्यम विकास सहजकर्ता नरेश साउँदले जानकारी दिए ।