खाेज्नुहाेस

बैतडीमा जारी मेयर कप क्रिकेटको सेमीफाइनल समीकरण पूरा 

Image

बैतडी – बैतडीको दशरथचन्द नगरपालिकामा जारी मेयर कप क्रिकेट प्रतियोगितामा सेमीफाइनल समीकरण पूरा भएको छ । सोमबार वडा नम्बर ५ ले वडा नम्बर ७ र ११ को टीमलाई हराएसंगै सेमीफाइनल समिकरण पुरा भएको हो ।

पहिलो खेलमा वडा नम्बर ५ ले वडा नम्बर  ७ लाई १२९ रनले पराजित गरेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको वडा नम्बर ५ ले १८.३ ओभरमा १९१ रन बनायो । १९२ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको वडा नम्बर ७ को टोली ७.५ ओभर खेल्दै ६२ रनमा अलआउट भयो ।

attariya hospital
navjiwan hospital

यस्तै आजै भएको दोश्रो खेलमा वडा नम्बर ५ ले नै वडा नम्बर ११ को टोलीलाई ७२ रनले पराजित गरेको थियो । टस जितेर पहिला ब्याटिङ गरेको वडा नम्बर ५ ले १५७ रन बनायो । १५८ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको वडा नम्बर  ११ को टोली १६.४ ओभर खेल्दै ८५ रनमा अलआउट भयो । अब सेमीफाइनलमा वडा नम्बर ४, ५, ६ र १० भिड्ने छन ।

चैत २ गते सम्म हुने प्रतियोगितामा विजेता टोलीले नगद ७५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । यस्तै दोश्रो हुने टीमले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ ।