काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद भंग हुन सक्ने बताएका छन् । संसद भवन नयाँ बानेश्वरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष नेपालले एमालेको वितण्डा सामना गर्न संसद भंग गर्नुपर्ने बताएका हुन् ।

‘संसद भंग गरेर निर्वाचनमा जाऔं । अब संसद् भंग गर्ने, संसद् पनि रहन्न,’ उनले भने,’ यो बितन्डा पनि रहन्न।’

एमालेले आफूले सिफारिस गरेका १४ सांसदलाई कारबाहीको माग गर्दै संसद अवरोध गर्दै आएको छ । आजको बैठकमा पनि एमालेले अवरोध जनायो। बैठक सुरु हुनासाथ सभामुखको राजीनामा माग गर्दै एमाले सांसदहरु विरोधमा उत्रिएका थिए।


















