खाेज्नुहाेस

सुदूरपश्चिममा आफ्नै भवनमा एमालेको पार्टी कार्यालय स्थापना

Image

धनगढी – नेकपा एमाले सुदूरपश्चिम प्रदेशको पार्टी कार्यालय उद्घाटन गरिएको छ । एमालेका महासचिव शंकर पोखरेलले कार्यालयको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा महासचिव पोखरेल सहित सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापालगायतका नेताको उपस्थिति थियो ।

navjiwan hospital

पोखरेलले आगामी निर्वाचनका लागि सांगठानिक गतिविधि बढाउन समेत निर्देशन दिएका थिए ।

attariya hospital

पोखरेलले प्रदेश कमिटीको कार्यालय निरीक्षणसमेत गरे । यसअघि प्रदेश कार्यालय भाडाको घरमा संचालनमा रहेको थियो । अहिले प्रदेश कमिटीले धनगढीमा आफ्नै भवन तयार गरेको र त्यसैमा कार्यालय स्थापना गरिएको प्रदेश सचिव धर्मराज पाठकले बताए ।