खाेज्नुहाेस

त्रिभुवन विश्वविद्यालयमा अनलाइनबाट शुल्क भुक्तानीको व्यवस्था मिलाउन माग

Image

अत्तरिया – त्रिभूवन विश्वविद्यालयमा अनलाइबाट शुल्क भुक्तानीको व्यवस्था मिलाउन माग गरिएको छ । स्कुल अफ डेमोक्रेसीले त्रिवि परिक्षा नियन्त्रण कार्यालयमा बिल भुक्तानी गर्न घण्टौ लाइनमा बस्नुपर्ने बाध्यता भएकाले अनलाइनबाट भुक्तानीको व्यवस्था मिलाउन माग गरेको हो ।

डेमोक्रेसीले विद्यार्थीले शुल्क भुक्तानी गर्दा भोग्नुपर्ने समस्या सामाधानको लागि माग गर्दै त्रिभुवन विश्वविद्यालयलाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।

attariya hospital
navjiwan hospital

स्कुल अफ डेमोक्रेसी त्रिवि समितिका अध्यक्ष बिष्णु बडैलाद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा त्रिवि परिक्षा नियन्त्रण कार्यालयमा शुल्क भुक्तानी गर्न कम्तिमा २ देखि ४ घण्टा लाईनमा बस्नुपर्ने समस्या विद्यार्थीले झेल्दै आएको उल्लेख छ ।

‘यो समस्यालाई तुरुन्तै समाधान गरी आजको मितिबाट १५ दिन भित्र परीक्षा नियन्त्रण कार्यालयमा सम्पुर्ण भुक्तानी अनलाइनबाट गर्ने प्रावधान मिलाउन स्कुल अफ डेमोक्रेसी त्रिभुवन विश्वविद्यालय अनुरोध गर्दछ र साथसाथै कागजात पुगेका सम्पुर्ण निवेदनको २४ घण्टा भित्र काम गर्ने प्रवन्ध मिलाउन पनि अनुरोध गर्दछु’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

अध्यक्ष बडैलाले आजभोली सामान्य खुद्रा पसलेले पनि अनलाइन भुक्तानी गरिरहेको अवस्थामा देशको ठूलो र पुरानो विश्वविद्यालयमा भुक्तानी गर्न घण्टौ लाइनमा लाग्नुपर्ने अवस्था हुनु दुःखद भएको बताए ।