खाेज्नुहाेस

प्रहरी नियन्त्रणमा रहेका अभिनेता पल शाहविरूद्ध अर्को उजुरी

Image

नवलपुर – बलात्कारको आरोप लागेर प्रहरी नियन्त्रणमा रहेका अभिनेता पल शाहविरूद्ध पीडित गायिकाले नवलपुर प्रहरीमा अर्को उजुरी दिएकी छन् । यो उजुरी गैंडाकोट इलाका प्रहरी कार्यालयमा दर्ता गरिएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार पल शाहले पीडित गायिकालाई गैंडाकोटको एक रिसोर्टमा सुटिङको क्रममा बलात्कार गरेको आरोप उजुरीमा उल्लेख छ ।

attariya hospital
navjiwan hospital

यसअघि शाहविरूद्ध तनहुँ प्रहरीमा पनि पीडितले बलात्कारको उजुरी दिएकी थिइन् । त्यही उजुरीको आधारमा अहिले शाह प्रहरी नियन्त्रणमा छन् ।

उनलाई एक नाबालिक गायिकामाथि बलात्कार गरेको आरोप लागेको छ ।

नाबालिका गायिकाले शाहविरूद्ध गत बुधबार तनहुँ प्रहरीमा जबरजस्ती करणीको जाहेरी दिएकी थिइन् । जाहेरी दर्तापछि शाहविरूद्ध पक्राउ पूर्जी जारी भएको थियो । शाहलाई खोज्न देशभरका प्रहरी युनिटलाई प्रहरीले सर्कुलर गरेको थियो ।