अत्तरिया – सुदूरपश्चिम प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एन्टिजेन बिधिबाट ९३० नमूनको कोरोना परिक्षण गर्दा २० र पीसीआर बिधिबाट ३५ नमूनाको कोरोना परिक्षण गर्दा ४ गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५९ हजार ४९१ पुगेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यसैबिच पछिल्लो २४ घण्टामा १३ जनाले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ४१ हजार ९२० पुगेको छ ।
हाल प्रदेशमा कोरोनाका संक्रिय संक्रमितको संख्या ६३० रहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । संक्रिय संक्रमित मध्ये १९ जनाको बिभिन्न अस्पतालहरुमा उपचार भइरहेको जनाइएको छ ।

















