बैतडी – बैतडीमा टिप्पर दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन । गुरुडा देखि पाटनतर्फ आइरहेको बा ३ ख ४८७९ नं को टिप्पर दुर्घटना हुदा दुई बिद्यार्थी सहित ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताएका छन ।

मृत्यु हुनेमा पाटन ३ का ४५ वर्षीय जनक राज पन्त, १२ वर्षीय ज्ञानु बिष्ट र १७ वर्षीय ललित अवस्थी रहेका छन् । बिष्ट र अवस्थी सिगास माविमा अध्यानरत बिद्यार्थी हुन् ।

९ जना सवार टिप्पर दुर्घटनामा हुँदा अन्य ५ जना घाइते भएका छन् । घाइतेलाई उपचारको लागि पाटन प्राथमीक स्वस्थ्य चौकीमा पठाइएको छ ।
चालक भने फरार रहेको प्रहरीले जनाएको छ । टिप्पर सडकबाट करीब ५०० मिटर तल खसेको जनाइएको छ ।



















