
अत्तरिया – सुदूरपश्चिम प्रदेशमा ३१ कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा १ हजार २६४ नमूनाको कोरोना परिक्षण गर्दा ३१ संक्रमित थपिएका हुन ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार १ हजार २४२ नमूनाको एन्टिजेन बिधिबाट कोरोना परिक्षण गर्दा २९ जना र २२ नमूनाको पीसीआर बिधिबाट कोरोना परिक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो ।
यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५९ हजार ४१२ पुगेको छ । निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा २४ जनाले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ४१ हजार ८५८ पुगेको छ ।

















