काठमाडौं – शुक्रबार बसेको प्रतिनिधिसभा बैठक पनि १० मिनेटमै सकिएको छ ।प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधका कारण आज पनि बैठक लामो समय सम्म बस्न सकेन ।
अवरोधकै बिच बैठकमा आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेस गरिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिवेदन प्रस्तुत गरे ।


प्रतिनिधिसभाको अर्को बैठक फागुन ८ गते बोलाइएको छ । यसअघि बुधबार बसेको बैठक पनि ५ मिनेटमै सकिएको थियो ।
सम्बन्धित समाचार



















