अत्तरिया – कैलालीको घोडाघोडी नगरपालिकामा तालाबन्दी गरिएको छ । बुधबार बन्दकर्ताले नगरपालिका कार्यालयमा तालाबन्दी गरेका हुन । उनीहरुले नेपाल बन्दको अवज्ञा कार्यालयको मुल गेटमा ताला लगाएका थिए ।

बन्दकर्ताले तालाबन्दी गरेपछि कार्यालयका कर्मचारी र जनप्रतिनिधिहरूसमेत केहीबेर भित्रै थुनिएको प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले बताए । तर, आफूहरूको अनुरोधपछि अहिले बन्दकर्ताले ताला खोलेको उनले जानकारी दिए ।



















