डोटी – उच्च अदालत दीपायलले श्रीमती बलात्कार गरेको अरोप लागेका पुरुषलाई साढे ३ बर्ष कैद सजाय सुनाएको छ ।

२०७७ असोज २३ गते गर्भवती श्रीमतीलाई कुटपिट र यातना दिई बलात्कार गरेको जाहिरीमा अदालतले उक्त कैद सजाय सुनाएको हो ।

सुरुमा जिल्ला अदालत अछाममा मुद्धा दर्ता गरिएको भएपनि जिल्ला अदालतले २०७७ माघ २६ गते सफाइ दिएको थियो । उच्च अदालत दिपायलले उक्त फैसलालाई उल्ट्याएको हो ।



















