खाेज्नुहाेस

लैङ्गिक हिंसा रोकथामका लागि धनगढीमा निगरानी समुह गठन

Image

धनगढी – समुदायमा लैङ्गिक हिंसा रोकथामका लागि निगरानी समुह गठन गरिएको छ । धनगढी उपमहानगरपालिकाको महिला शाखाको अगुवाइ र सीएमसी नेपालको समन्वयमा उपमहानगरपालिकाको वडा नम्बर ४ भगवती टोलमा सोमबार निगरानी समिति गठन गरिएको हो ।
ईश्वरी पनेरु भट्टको संयोजकत्वमा ९ सदस्यीय निगरानी समिति गठन गरिएको छ । समितिको सल्लाहकारमा मिना पनेरु, दुर्गा पनेरु र गिता पनेरु चयन भएका छन् । कार्यक्रममा ३० जनाभन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो ।

महिला शाखा प्रमुख अनिता बुढा ऐरले निगरानी समहु गठनको महत्व बारे बताएकी थिइन । समुदायमा लंैङ्गिक हिंसाकै कारण महिलाहरु समस्यामा परेकोले उनीहरुको सहजताको लागि निगरानी समुह आवश्यक भएको उनले बताईन् । हिंसामा परेका महिलालाई सहयोग गर्न भनेर नगरापालिकाले सेफ हाउस (सुरक्षित घर) संचालन गर्न लागेकोले हिंसामा परेका महिलाको केश पत्ता लगाउन सजिलो होस भनेर निगरानी समुह गठन गरिएको हो ।

attariya hospital
navjiwan hospital

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र सीएमसी नेपालका कैलाली जिल्ला मनोसामाजिक परामर्शकर्ता धनराज बिकले धेरै महिलाहरु अहिले पनि लैङ्गिक हिंसाको समस्यामा रहेको बताए । युएनएफपिए र आइपासको सहयोगमा सीएमसी नेपालको सहकार्य तथा धनगढी उपमहानगरपालिकाको नेतृत्वमा संचालन गरिएको लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाको उद्येश्य बारेमा जानकारी दिएका थिए ।

लैङ्गिक विभेदमा आधारित हिंसा भनेको के हो ? लिङ्ग र लैङ्गिकता भनेको के हो ? लैङ्गिक विभेदमा आधारित हिंसाका प्रकार र यसले पार्ने असरका बारेमा बिकले जानकारी गराएका थिए । साथै हिंसा प्रभावितलाई सेवा तथा सहयोग प्रदान गर्ने निकायका साथै सेती प्रादेशिक अस्पतालमा रहेको एकद्धार संकट व्यवस्थापन केन्द्र ओसीएमसीको सेवा सुविधा बारेमा सहभागीलाई जानकारी दिएका थिए ।

सहायक महिला विकास निरिक्षक नमिता रावलले सहजीकरण गरेको कार्यक्रमका सहभागीले समुदायमा हिंसाका घटना घटेपनि न्यायको लागि बाहिर आउन नसकेको सहभागी मिना पनेरुले बताईन् ।