खाेज्नुहाेस

बैतडीमा ८६ बर्षिय बृद्धमाथी कुटपीट

Image

अत्तरिया – बैतडीमा ८६ बर्षिय बृद्धमाथी कुटपीट गरिएको छ । पंचेश्वर गाउँपालिका – ५ बालरका ८६ बर्षिय साईचन चन्दमाथी रातिको समयमा कुटपीट गरिएको हो ।

राती घरमा सुतेको बेला ३/४ जनाको समुहमा आएका अपरिचित व्यक्तिले बृद्धको टाउकोमा लौरोले प्रहार गरेको स्थानीयले बताएका छन ।
स्थानीय महेश चन्दले एक्लै २ बुढाबुढी मात्रै बस्ने सो घरमा लुटपाट गर्ने उद्देश्यले आक्रमण भएको हुनसक्ने बताएका छन । बृद्धको टाउकोमा चोट लागेको छ ।

attariya hospital

‘२७ गते राती ११ बजेको समयमा ढोका ढकढक्याएका रहेछन् । को आयो भनेर ढोका खोल्ने बितिकै लौरोले बृद्धको टाउकोमा हानेका रहेछन’ साईचन चन्दको भनाइलाई उदृत गर्दै उनका भाई नाता पर्ने महेश चन्दले भने ‘तर, दाईले सावधानी अपनाएर तुरुन्त ढोका बन्द गरेपछि तिनीहरु घर भित्र पस्न सकेनन् । पुरानो किसिमको बलियो ढोका भएकाले तिनीहरुले ढोका टोड्ने प्रयास गरेपनि सफल भएनन् ।’

navjiwan hospital

उनले दुवै बुढाबुढी बस्ने घर जंगलको छेउमा एकान्तमा रहेको बताए । ती बृद्ध भारतीय आर्मीबाट अवकास पाएर पेन्सन पाउने भएकाले घरमा पैसा लुट्न आक्रमणको प्रयास भएको हुनसक्ने स्थानीयले बताएका छन । बृद्ध दम्पतीका सन्तान छैनन् ।

दुवैजना राम्ररी आखाँ पनि नदेख्ने भएकाले उनीहरु अहिले सो घरमा त्रसित बनेर बसेको स्थानीयले बताएका छन ।

स्थानीयले घटनाको बारेमा स्थानीय बालारा गिरेगाडा चौकीमा खबर गरेका थिए । उता प्रहरीले भने अहिले सम्म कसैलाई पनि पक्राउ गर्न नसकेको जनाएको छ ।

प्रहरीले अपराधिको खोजी कार्य जारी रहेको जनाएपनि स्थानीयले भने एक पटक प्रहरी आएर हेर्ने बाहेक केही काम नगरेको आरोप लगाएका छन ।

उता जिल्ला प्रहरी कार्यालय बैतडीले भने घटनाका बारेमा जानकारी प्राप्त नभएको बताएको छ ।