जनकपुरधाम – धनुषाको बसही पुलबाट कार खोलामा खसेको छ । मिथिला नगरपालिकाअन्तर्गत ढल्केवर नक्टाझिजनेर दुर्घटना भएको हो ।

प्र २– ०२–००१ च ९४९ नम्बरको कार दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । कार भने क्षतिग्रस्त भएको छ । पाँच जना सवार कारमा १ जना सामान्य घाइते भएका छन् । एयर ब्यागको सिस्टम भएको कार भएकाले ठूलो दुर्घटना हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।

कार चालक जनकपुर–४ का २० वर्षको कृष्ण चौधरी घाइते भएका छन् । उनीहरको जनकपुरको गोदावरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य चार भने सुरक्षित रहेका जनाइएको छ ।
यो पुल ३–४ वर्षदेखि निर्माणाधीन छ । ढिलो र सुस्त गतिमा पुल निर्माणको काम भइरहेको र त्यहाँ कुनै पनि सुरक्षा मापदण्डको व्यवस्था मिलाइएको छैन ।


















