अत्तरिया – कैलाली सहित नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी रहेका १६ जिल्लामा फागुन १३ गते अधिवेशन हुने भएको छ । कार्य सम्पादन समिति बैठकको निर्णय बमोजिम निर्वाचन समितिले फागुन १३ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।
सुदूरपश्चिममा कैलाली र अछाममा कांग्रेसको जिल्ला अधिवेशन हुन बाँकी रहेको छ ।निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेका अनुसार १६ जिल्लाको अधिवेशन फागुन १३ गतेभित्र सम्पन्न गर्ने तयारी गरिएको छ ।


साथै बाँकी रहेका विभिन्न वडा र गाउँपालिकाको अधिवेशन पनि १० गतेभित्र सम्पन्न गर्ने बताइएको छ ।
यदी १३ गतेको निर्वाचन ५० प्रतिशतभन्दा कम मत आई दोस्रो चरणमा जानु पर्ने भएमा १४ गते अधिवेशन गरिने निर्वाचन समिति संयोजक घिमिरेले जानकारी दिएका छन् ।



















