अत्तरिया – कैलालीको गोदावरी नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।
लुथरन वल्र्ड रिलिफ (एलडब्ल्युआर) को आर्थिक सहयोगमा ब्याकवार्ड सोसाईटी एजुकेशन (बेश) ले कोभिड – १९ बाट प्रभावित समुदायहरुको लागी पुनरोत्थान परियोजना अन्तरगत नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

मंगलबार एक कार्यक्रमका बिच बेशद्धारा सञ्चालीत उक्त परियोजनाका संयोजक लक्ष्मण चौधरीले नगरप्रमुख हरि सिँह साउँदलाई सहयोग सामग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै चौधरीले नगरपालिकामा कोभिडको व्यवस्थापन र नियन्त्रणका लागी बेशले स्वास्थ्य सामग्री सहयोग गरेको बताए । उनले बेशले परियोजना अन्तरगत नगरपालिकामा स्वास्थ्य र कृषि क्षेत्रमा कार्य गरिरहेको बताए ।

‘परियोजनामा हामीले कोभिड बाट प्रभावीत विपन्न समुदायलाई समेट्ने प्रयास गरेका छौ’ उनले भने ‘गोदावरी नगरपालिकामा आयआर्जनका लागी ३ सय परिवारलाई सहयोग गर्नेछौ भने विदेशबाट रोजगारी गुमाएर फर्केकाहरुलाई थोरै आर्थिक सहयोग गर्नेछौ ।’
यसका साथै नगरपालिकामा रहेका २ सय विपन्न घरधुरीलाई स्वास्थ्य क्षेत्रमा सहयोग गरिने उनले बताए । नगरपालिकाको स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागी बेशले नगरपालिकालाई सहयोग गरेको उनले बताए ।
कार्यक्रममा बोल्दै नगरप्रमुख हरि सिँह साउँदले बेशको सहयोगले नगरपालिलाई विपद्मा ठुलो मद्दत पुगेको बताए । ‘अहिले पनि कोरोनाको अवस्था भयावह नै छ, यस्तो अवस्थामा बेशको सहयोग अतुलनिय छ’ उनले भने ।
सहयोग सामग्रीले नगरमा कोरोनाको नियन्त्रण र व्यवस्थापनमा सहयोग पुग्ने विश्वास लिएको उनले बताए । उनले आगामी दिनहरुमा पनि संस्थाले नगरपालिकामा कोभिड नियन्त्रणका लागी भुमिका खेल्ने आशा व्यक्त गरे ।
संस्थाले नगरपालिकालाई २ हजार ५ सय पिस एन्टिजेन किट, ३ सय पिस भिटिएम, ९ सय सेट डिस्पोजल मेडिकल पिपिई, ६० जोडा ग्लब्स र ५ सय पिस सेनिटाईजर गरी जम्मा १२ लाख ७७ हजार ४ सय ७६ रुपैया ३० पैसा बराबरका स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
नगरप्रमुख साउँदको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका कर्मचारी विष्णु जोशीले गरेका थिए ।














