खाेज्नुहाेस

धनगढीमा डिशहोम फाइबरनेटको सोरुम उद्घाटन

Image

धनगढी – धनगढीको चटकपुरमा डिशहोम फाइबरनेट सहवितरकको सोरुम उद्घाटन भएको छ । डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सो सोरुमको सञ्चालन गरिएको हो ।

सो सोरुमको सञ्चालन श्री कृष्ण इन्टरप्राइजेजले गर्नेछ । सोरुम उद्घाटन डिशहोमका तर्फबाट सेल्स अफिसर कमल रिमाल र सेल्स अफिसर लक्ष्मीराज जोशीको उपस्थितिमा भएको थियो ।

attariya hospital
navjiwan hospital

विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको श्री कृष्ण इन्टरप्राइजेजले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुम मार्फत दिनेछ ।

एक सयभन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको श्री कृष्ण इन्टरप्राइजेजले अब अझ बढी ग्राहकहरूको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने श्री कृष्ण इन्टेरप्राइजेजका सञ्चालक सुरेश पाठकले जानकारी दिए ।