खाेज्नुहाेस

दार्चुलामा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

Image

दार्चुला – दार्चुलाको महाकाली नगरपालिका–४ मोहतीस्थित एक होटलबाट जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

navjiwan hospital

शनिबार राति महाकाली नगरपालिका–५ निवासी ४१ वर्षीय जय सिंह ठगुन्नाले सञ्चालन गरेको गोर्खा होटलमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले छापा मारेर उनीसहित ७ जनालाई पक्राउ गरेको हो।

attariya hospital

प्रहरीले घटनास्थलबाट नगद १ लाख ६२ हजार ७५० रुपैयाँ र दुई गड्डी तास समेत बरामद गरेको जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।