अत्तरिया – कैलालीको अत्तरियामा क्रेनसंग अटो ठोक्किँदा एक जना घाइते भएका छन्।अत्तरियाको पुर्वपश्चिम राजमार्गमा क्रेनसंग अटो ठोक्किदा गोदावरी नगरपालिका – ७ का ३२ वर्षीय भरत औजी घाइते भएका हुन ।

पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको से १ ह १९३१ नम्बरको अटो विपरित दिशाबाट गईरहेको सुपप्र ०१००१ झ १८५९ नम्बरको क्रेनसंग ठोक्किएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

घाइते औजीलाई उपचारका लागि धनगढी लगिएको प्रहरीले जनाएको छ।



















