खाेज्नुहाेस

बाजुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Image

बाजुरा – बाजुरामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बुढीगङ्गा नगरपालिका–६ बाम्का बजार नजिकै सुप्रप–०१–००८प ४०५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक बलबहादुर सुनारको मृत्यु भएको हो ।

navjiwan hospital

अछाम घर भई बाम्का बजारमा सुन चाँदी पसल गर्दै आएका सुनारको दर्घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

attariya hospital

दुर्घटनामा मोटरसाइकलमा सवार अछामको त्रिवेणी नगरपालिका–४ का गगन साउद घाइते भएका छन ।
घाइते साउदको अछामको बयालपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।