यस्ता छन लता मंगेशकरले गाएक नेपाली गित (भिडियो)

काठमाण्डौं – प्रशिद्ध भारतीय गायिका लता मंगेशकरको निधन भएको छ । उनको आइतबार बिहानमा मुम्बइमा निधन भएको हो ।
स्वर कोकिलाका नामले समेत पुकारिने लताको ९२ वर्षको उमेरमा निधन भएको हो । उनले झण्डै ८ दशक लामो गायन यात्रामा ३६ भाषामा हजारौँ गीत गायकी लताको मुम्बई स्थित अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

maya metro hospital

लता मंगेशकरले नेपाली भाषाका गीत पनि गाएकी छन् । उनले नेपाली भाषामा बाचुन्जेलीलाइ, आकाशको तिरमीर तारा म गन्न सक्दिन र जुन माटोमा जन्मेउ हामी गित गाएकी छिन ।

joshi vada pasal 2

१) ‘बाचुन्जेलीलाई’
गायक रामकृष्ण ढकाल र लताको स्वरमा सन् २०१२ को नोभेम्बरमा ‘बाचुञ्जेलीलाई’ सार्वजनिक भएको थियो । यो गीतमा शिखर सन्तोषको संगीत रहेको छ भने, आनन्द अधिकारीको शब्द रहेको छ ।

२) ‘जुन माटोमा जन्मेउ हामी’
मबिबि शाहकै शब्दमा मंगेशकरले गाएको अर्को गीत ‘जुन माटोमा जन्मेउ हामी’ हो । यो गीत चलचित्र ‘माइतीघर’ का लागि बनाइएको थियो । यसमा जयदेवको संगीत रहेको छ ।

३) ‘आकाशको तिरमीर तारा म गन्न सक्दिन’
मंगेशकरले गाएको यो गीतमा मबिबि शाह (महेन्द्र वीर विक्रम शाह) को शब्द रहेको छ भने गीतमा संगीत हेमन्त कुमारले भरेका छन् । यो गीत ‘उसैका लागि –२’ एल्बमको लागी रेकर्ड गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.