प्रधानमन्त्री देउवाले २ मन्त्री थप्दै

काठमाण्डौं – प्रधानमन्त्री शेरबहादुर देउवाले २ मन्त्रालय थप गर्ने भएका छन । उनले रिक्त रहेका उद्योग, वाणिज्य तथा आपूर्ति र रक्षा मन्त्रालयमा मन्त्री थप्न लागेका हुन् । जसमा नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालालाई रक्षा मन्त्रालय दिने सम्भावना रहेको छ ।

Karma Consultancy
belauri nagarpalika

अर्को मन्त्री कसलाई बनाउने भन्ने टुङ्गो लागि सकेको छैन । निर्वाचनको मिति तोकिसकेपछि मन्त्रिपरिषद् विस्तार गर्न नपाउने भएकाले प्रधानमन्त्री देउवा मन्त्री बनाउने प्राथमिकता दिएका हुन् ।

citizen security services

दुई मन्त्री नियुक्त गर्न देउवाले बिहीबारको नियमित मन्त्रिपरिषद् बैठक नराखेको बुझिएको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति तोक्ने देउवाको तयारी छ । त्यसअघि उद्योग र रक्षा मन्त्री बनाउने गरी उनी अगाडि बढेको काँग्रेस स्रोतले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.