खाेज्नुहाेस

बैतडीमा बाँदरले सताउन थालेपछि संघर्ष समिति गठन

Image

बैतडी – बैतडीमा बाँदरले सताउन थालेपछि संघर्ष समिति गठन गरिएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका – ४ का स्थानीयले बाँदर धपाउन संघर्ष समिति गठन गरेका हुन ।

navjiwan hospital

बाँदरले खेतमा लगाएको बालि सखाप पारेको, भित्र राखेका सामग्री समेत बाँदरले नष्ट गर्न थालेपछि बाँदर धपाउने उपाय निकाल्नका लागि स्थानीय सरकारको ध्यानाकर्षण गराउन संघर्ष समिति गठन गरिएको समितिका संयोजक इन्द्रदेवशरण भट्टले बताए ।

attariya hospital

उनले संघर्ष समितिले प्रत्येक वडाबासीको हस्ताक्षर संकलन गरेर वडा कार्यालय, पालिका, स्थानीय प्रशासन र डिभिजन वन कार्यालयलाई बुझाउने तयारी गरेको बताए ।

सघर्ष समितिले बाँदर धपाउने उपायका लागि स्थानीय सरकारले पहल नगरे महाकाली राजमार्ग समेत बन्द गर्ने समेत चेतावनी दिएको छ ।
संयोजक भट्टले १५ दिनभित्र माग पूरा नगरे राजमार्ग अवरुद्ध पारीने बताए ।