खाेज्नुहाेस

सुदूरपश्चिममा सोमबार परिक्षण गरिएका एक तिहाइमा कोरोना संक्रमण

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा सोमबार परिक्षण गरिएका एक तिहाइमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ५४७ जनाको कोरोना परिक्षण गरिएकोमा ५५० जनामा संक्रमण पुष्टि भएको छ । जुन संक्रमणदर ३६ प्रतिशत हो ।

navjiwan hospital

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार एन्टिजेन बिधिबाट १ हजार १ सय ८४ नमूनाको कोरोना परिक्षण गर्दा ३२६ र पीसीआर बिधिबाट ३ सय ६३ नमूनाको कोरोना परिक्षण गर्दा २२४ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ हजार ४३९ पुगेको छ ।

attariya hospital

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका – १ का ७७ बर्षिय पुरुष रहेको छन । उनको सेती प्रादेशिक अस्पतालमा कोरोना उपचारका क्रममा मृत्यु भएको हो । यो संगै प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६१८ पुगेको छ ।

यसैबिच पछिल्लो २४ घण्टामा ६३ जनाले कोरोना जितेका छन । यो संगै कोरोना जित्नेको संख्या ३८ हजार ४ सय ७१ पुगेको छ ।