खाेज्नुहाेस

डोटीमा अर्कैैकी श्रीमती भगाएर श्रीमान बेपत्ता भएपछि श्रीमतीको बिचल्ली

Image
navjiwan hospital

अत्तरिया – डोटीको सिखर नगरपालिका ११ का योगेश बोहराले अर्कैको श्रीमती भगाएर फरार भएपछि उनकी श्रीमती सारदा बिष्ट बिचल्लीमा परेकी छिन ।

बोहराले गाउँकै एक विबाहित महिलालाई भगाएर लगेपछि बिष्ट बिचल्लीमा परेकी हुन । ४ बर्ष अगाडी बोहरा संग मागी विवाह गरीकी बिष्टकी ३ बर्षकी छोरी छन । उनले श्रीमान अर्कैको श्रीमती लगेर फरार भएपनि उनी कता गएर उजुरी दिने सम्म जानकारी नहुँदा अन्योलमा परेकी छिन् ।

बिष्टले भनीन् ‘पुस ३० गते देखि श्रीमान अर्काकी श्रीमती लगेर भागे । फोन लागेपनि उठाइरहेका छैनन् ।’ उनले श्रीमानले मंसिर महिनामा विवाह भएकी गाउँकै एक महिलालाई भगाएर लगेको कुरा आफन्तबाट थाहा पाएको बताईन् ।

बिष्टका श्रीमान यसअघि भारतको केरालामा काम गर्ने गरेका भएपनि विदामा घर आएका थिए ।

उनले श्रीमान अर्काको श्रीमती भगाएर लगेपछि आफू अन्योलमा परेको बताईन । ‘प्रशानसनमा उजुरी दिएकी हुँ । केही सुनुवाई भएन । अरु कता जाने थाहा छैन’ उनले भनीन ‘श्रीमान बेपत्ता भएपनि म अहिले माइती घरमा आएकी छु । श्रीमान कता गए केही पत्तो छैन । फोन उठाइरहेका छैनन् । च्याट हेरेर पनि रिप्लाई गरेका छैनन् ।’ उता जिल्ला प्रहरी कार्यालय डोटीले भने कार्यालयमा उजुरी नआएको जनाएको छ ।