खाेज्नुहाेस

एप्रोन खरिदमा अनियमिता नभएको भन्दै सुदूरपश्चिमको कृषि मन्त्रालयले निकाल्यो विज्ञप्ती

Image

धनगढी – सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले डिस्पोजल एप्रोन खरिद प्रक्रियामा अनियमितता नभएको दाबी गर्दै विज्ञप्ती निकालेको छ ।

मन्त्रालयलले आईतबार एक प्रेस विज्ञप्ती जारी गर्दै लेखा समितिले भने जस्तो एप्रोनसहितका विभिन्न १५ वटा सामग्री खरिद गर्दा प्रक्रियागत त्रुटि र अनियमितता नभएको दाबी गरेको छ । मन्त्रालयका प्रवक्ता गोकुलप्रसाद बोहरा जारी प्रेस विज्ञप्तीमा एप्रोन, भ्याक्सिन बक्स, मास्क, पञ्जा, सिरिन्ज, निडललगायत १५ वटा सामग्री खरिदका लागि आपूर्तिकर्ताबाट दररेट माग गरेर एक करोड २१ लाख लागत अनुमान स्वीकृत गरिएको उल्लेख छ ।

attariya hospital

सुदूरपश्चिमको सार्वजनिक लेखा समितिले बजारमा बढीमा १६० रुपैयाँ पर्ने एप्रोन कृषि मन्त्रालयले १०३८ रुपैयाँका दरले खरिद गरेर भ्रष्टाचार गरेको ठहर गर्दै सम्बन्धित निकायमा कारवाहीका लागि सिफारिस गर्ने निर्णय गरिसकेको छ ।

navjiwan hospital

यस्तो छ मन्त्रालयद्धारा जारी विज्ञप्ती

सम्बन्धित समाचार  सुदूरपश्चिमको कृषि मन्त्रालयले खरिद गरेका एप्रोन छानबिनको दायरामा