खाेज्नुहाेस

राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा कुन पार्टी कति बलियो ?

Image

धनगढी – राष्ट्रिय सभाका लागि सुदूरपश्चिमबाट ३ पदका लागि ६ जना चुनावी मैदानमा छन । माघ १२ गते हुने चुनावका लागि सत्तारुढ गठबन्धन र नेकपा एमाले बिच मुख्य प्रतिस्प्रधा हुँदै छ ।

प्रदेशमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) ले गठबन्धन गरेर साझा उम्मेदवार तयार गरेका छन् भने एमाले एक्लै उम्मेदवार उठाएको छ ।

attariya hospital

महिलातर्फ एमालेकी सन्तोषीकुमारी शर्मा (थापा) र एकीकृत समाजवादीकी मदनकुमारी शाह (गरिमा), दलिततर्फ एमालेका नरेशकुमार विश्वकर्मा र माओवादी केन्द्रका जगतबहादुर पार्की तथा अन्यतर्फ एमालेका डिल्लाराम भट्ट र कांग्रेसका नारायणदत्त मिश्रबीच प्रतिस्पर्धा हुनेछ ।

navjiwan hospital

प्रदेशमा स्थानीय तहका पदाधिकारी (अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख) र प्रदेश सभा गरी २२७ जना मतदाता छन् । उनीहरुको मत भने ५६४६ छ । यही मतमध्ये बढी मत ल्याउने प्रत्येक क्लस्टरका उम्मेदवार नै विजयी हुनेछन् ।

स्थानीय तहका ७१ र प्रदेश सभाका ११ गरी सुदूरपश्चिम प्रदेशमा एमालेका ८२ मतदाता छन् । स्थानीय तहका प्रतिमतदाता मतभार १८ र प्रदेश सभाका सदस्यको मतभार प्रतिमतदाता ४८ का दरले हिसाब गर्दा एमालेको कुल मत १८०६ हुन आउँछ ।

अर्कोतर्फ, सत्ता गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा) सँग स्थानीय तहका पदाधिकारी १०४ जना छन् ।

त्यस्तै, प्रदेश सभामा ४० जना सदस्य छन् । त्यसैले यो गठबन्धनसँग कुल ३७९२ मत छ । गठबन्धनसँग रहेको मत कुल मतको उच्च बहुमत हो । त्यसैले गठबन्धनका उम्मेदवारहरुले जित्ने निश्चितप्रायः छ । देशभर राष्ट्रिय सभाका १९ सदस्यका लागि निर्वाचन हुँदैछ ।