अत्तरिया – सुदूरपश्चिम प्रदेशका एकैदिन ५ सय ३४ कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा २ हजार २ सय ८६ नमूनाको कोरोना परिक्षण गरिएकोमा उक्त संख्यामा संक्रमित थपिएका हुन ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार एन्टीजेन बिधिबाट १ हजार ८ सय ९१ जनाको कोरोना परिक्षण गर्दा २ सय ९५ र पीसीआर बिधिबाट ३ सय ९५ नमूनाको कोरोना परिक्षण गर्दा २ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ ।


यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५२ हजार ५ सय ४९ पुगेको छ ।
निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जनाले कोरोना जितेका छन । यो संगै कोरोना जित्नेको संख्या ३८ हजार ३ सय ९ पुगेको छ ।













