काठमाडौँ – विभिन्न कार्यक्रम गरी प्रथम राष्ट्रिय बाख्रा दिवस मनाइएको छ । ‘नेपाल बाख्रा सँगसँगै हामी’ भन्ने मूल नाराका साथ माघ ४ गते विभिन्न ठाउँमा कार्यक्रमको आयोजना गरी प्रथम राष्ट्रिय बाख्रा दिवस मनाइएको नेपाल व्यावसायिक बाख्रा पालक महासङ्घले जनाएको छ ।

नेपालमा बाख्रा पालनको आवश्यकता र महत्त्व एवम् यसले नेपाली समाजलाई दिएको योगदान र भविष्यमा खेल्न सक्ने भूमिकाका बारेमा प्रचार प्रसार गरी किसानका हक हितमाको संरक्षण तथा व्यवसायिक दिगोपनामा योगदान पुग्ने विश्वासले दिवस मनाउन थालिएको हो ।

केन्द्रीय उपाध्यक्ष तथा महासङ्घका प्रदेश प्रमुख तथा प्रदेश समितिका अध्यक्षहरूको नेतृत्व र पहलकदमीमा सातै प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग समन्वय सहकार्य गरेर बाख्रा दिवस मनाइएको छ ।



















