काठमाडौं – पछिल्लो २४ घण्टामा मुलुकमा १० हजार २५८ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २२ हजार ८२८ नमुना (१७ हजार ८७२ पीसीआर र ४९५६ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । आजको दैनिक संक्रमण दर झन्डै ४५ प्रतिशत पुगेको छ ।

सोही अवधीमा ५६२ जना निको भएका छन् भने १ जनाको मृत्यु भएको छ । २ लाख १३ हजार जनाले आज कोभिडविरुद्धको खोप लगाएका छन् ।

सक्रिय संक्रमित संख्या ३९ हजार ४४ पुगेको छ ।
















