कञ्चनपुर – कंचनपुरको शुक्लाफाँटा नगरपालिकामा योग अभ्यास संगै दिप प्रज्वलन गरि राष्ट्रिय योग दिवस मनाईएको छ । सर्बाङ्गिण विकासका लागि योग भन्ने मुल नाराका साथ पतंन्जलि योग समिति शुक्लाफाँटा र झलारि आयुर्वेद औषधालयको समुन्वयमा झलारि आयुर्वेदको सभाहलमा माध १ गते योग दिवस मनाईएको हो ।
राष्ट्रिय योग दिवसको शुभ अवसरमा नियमित सातदिनसम्म योग अभ्यास गरि योग दिवस भव्य रूपमा मनाईन लागेको पतंन्जलि योग समिति शुक्लाफाँटाका महामन्त्री केपि पाण्डेयले वताए ।

उनले योगले मानव शरिरको सर्वाङ्गिण विकास गरेर मानिसमा असल संस्कार चरित्र निर्माणमा महत्त्वपूर्ण भुमिका खेल्न सक्छ भन्दै पाण्डेयले अहिले समाजमा देखिने विभिन्न कुलत दुरव्यसन वाट मुक्ति पाउन एक अनुशासित आदर्शवान व्यक्ति निर्माणमा योग अभ्यास साधनाले महत्वपूर्ण भुमिका खेल्न सक्ने बताए ।

तेसै पनि बिहान उठेर नियमित २घण्टा योग अभ्यास साधना मात्रैले पनि विभिन्न कुलत संगै रोग छुट्दै मानव जिवनमा चमत्कारिक परिवर्तन आउन सक्ने महामन्त्री पाण्डेयले दावि गरे ।
कार्यक्रमका सभापति एवं पतंन्जलि योग समिति शुक्लाफाँटाका नगर अध्यक्ष केशव दत्त अवस्थिले योग साधनाले मानसिक रूपमा मान्छेलाई वलियो वनायर उसको सर्वागिण विकास हुने बताए ।
उनले भने ‘जब मानिस स्वच्छ र निरोगि हुन्छ । तवमात्रै उसमा सकारात्मक प्रभाव देखिन्छन । जसले परिवार,समाज र देशलाईनै सकारात्मक मार्गमा डो–याउन सहज हुन्छ ।’
पतंन्जलि युवा नेपाल कंचनपुरका अध्यक्ष शिवराज पनेरूले मानिसको अमुल्य जीवन स्वस्थ्य र निरोगि राख्न योगनै रामवाण औषधि हो।मानिसको जथाभावी खानपान तनावग्रस्त जिवनशैलिले असंख्य रोगहरूका कारण मान्छे सिकार भएका भन्दै पनेरूले भने ‘नियमित योग साधना गरि आफनै भान्सामा पाकेको ताजा खानेकुराको बानिको विकास गरेमात्रै असंख्य रोग निको हुन्छ ।’
झलारि आयुर्वेद औषधालयका प्रमुख कविराज जयराम शाहले शुक्लाफाँटा नगरवासिको रोग प्रतिरोधात्मक क्षमता बढायर सबैलाई आरोग्य निरोग राख्न योग आयुर्वेद उपचारमा जुटेको वताए । उनले नेपाल सरकारले वि.स.२०७२ साल साउन २८ गतेको मन्त्रीपरिषदले समेत माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेकाले सबैमिलि योग दिवस मनाईएको बताए ।



















