खाेज्नुहाेस

डोटीमा सार्वजनिक सेवा प्राप्त गर्न कोरोना विरुद्धको खोप कार्ड चाहिने (आदेश सहित)

Image

अत्तरिया – डोटीमा सेवाग्राहीले सार्वजनिक सेवा प्राप्त गर्न अनिवार्य कोरोना विरुद्धको खोप कार्ड ल्याउनुपर्ने भएको छ ।

यही माघ ७ गतेदेखी लागु हुने जिल्ला प्रशासन कार्यालय डोटीले सरकारी कामकाजका लागी सेवाग्राहीले अनिवार्य कोरोना विरुद्धको खोप कार्ड ल्याउनुपर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारीद्धारा जारी आदेशमा सार्वजनिक कामकाजका लागी अनिवार्य कोरोना विरुद्धको खोपसहितका ८ वटा निर्णयहरु गरिएको छ ।

attariya hospital

आदेशमा सार्वजनिक स्थलमा धेरै जना जम्मा हुने गरी राजनितिक, धार्मिक, सांस्कृतिक तथा प्रशासनिक प्रकृतिका कुनै पनि कार्यक्रम नगर्ने र अत्यावश्यक तथा नियमित कार्यक्रमको हकमा जिल्ला प्रशासन कार्यालयको अनुमती लिएर मात्र गर्ने भनिएको छ ।

navjiwan hospital

यसका साथै २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला, जात्रा, पर्व, महोत्सव आदी सञ्चालन नगर्न पनि आदेशमा भनिएको छ । आज प्रकाशित आदेशमा माघ ७ गतेदेखी सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाई यात्रा, पार्क आदी) मा प्रवेश गर्दा अनिवार्य कोभिड विरुद्धको खोप कार्ड साथमा राख्ने, सार्वजनिक सेवा प्रदायक निकायले समेत खोप कार्ड अनिवार्य गरी सेवा प्रदान गर्ने, सबै सार्वजनिक निकायहरुबाट सेवा प्रवाह गर्दा भिडभाड नहुने र स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी गर्ने सम्बन्धीत निकायका प्रमुखले व्यवस्था मिलाउने पनि भनिएको छ ।

यस्तै आदेशमा विवाह, ब्रतिबन्ध, मृत्यु संस्कार लगायतका सामाजिक कार्यहरु गर्दा बढीमा २५ जनासम्म मात्र उपस्थित हुने गरी गर्ने, पुर्व निर्धारित परिक्षाहरु स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गराई सञ्चालन गर्ने र घर बाहिर निस्कदा वा सार्वजनिक स्थानमा उपस्थित हुदाँ अनिवार्य मास्कको उचित प्रयोग गर्ने, भौतिक दुरी कायम गर्ने लगायतका जनस्वास्थ्यका मापदण्डहरुको सबैले पुर्ण पालना गर्ने बताईएको छ ।

यही पुष २९ गते राती १२ बजेदेखी लागुहुने गरी दिईएको उक्त आदेश पालना नगर्नेलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने बताईएको छ ।