अत्तरिया – नेपाल निजामती कर्मचारी संगठन गोदावरी नगरकार्यसमितिको नयाँ कार्यसमिति चयन गरिएको छ ।

आज सम्पन्न संगठनको बन्दसत्रले अकेन्द्र बुढाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा सुन्तली कुमारी विश्वकर्मा, सचिवमा पदम बहादुर बोहरा र कोषाध्यक्षमा सजित बास्कोटा चयन भएका छन ।

यसैगरी कार्यसमितिको महिला सदस्यमा अनिता कुमारी वि.क, खुल्ला सदस्यमा लोक बहादुर कुँवर, महेश दत्त पाण्डेय, रघुनाथ जोशी, सहदेव भट्ट र पद्मा शर्मा चयन भएका छन ।
कार्यसमितिमा बाकी रहेका १ जनालाई पछि मनोनित गरिने कोषाध्यक्ष सजित बास्कोटाले जानकारी दिए ।














