खाेज्नुहाेस

गोदावरीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

Image
navjiwan hospital

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ९ धनचौरीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । धनचौरीको भित्री सडकमा ट्याक्टरले ठक्कर दिदाँ कञ्चनपुरको कृष्णपुर नगरपालिका – ६ मौरीफाटा बस्ने अन्दाजी ४० बर्षिय करन भट्टराईको मृत्यु भएको हो ।
बिहिबार राती उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको रा १ त ४६५३ नम्बरको ट्याक्टरले ठक्कर दिदाँ भट्टराईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीले ट्याक्टर चालक धनगढी उप–महानगरपालिका – ६ जाली बस्ने बिर बहादुर चौधरीलाई ट्याक्टर सहित नियन्त्रणमा लिएको जनाएको छ ।