अत्तरिया – प्रहरीले लागु औषध चरेश सहित कैलालीबाट एक जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटीएको प्रहरी गस्ती टोलीले लागु औषध सहित बर्दगोरिया गाउँपालिका – १ कट्टिपुरका ३० बर्षिय नरेन्द्र प्याकुरेललाइ पक्राउ गरेको हो ।
उनलाई कट्टिपुर स्थित पुर्व पश्चिम राजमार्गमाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी होहल्ला गरीरहेको अवस्थामा शंका लागि चेकजांच गर्दा उनको साथबाट १० ग्राम चरेश बरामद गरिएको थियो ।
उनीमाथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














