डडेल्धुरा – कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले सुदूरपश्चिम प्रदेशका योजना प्राथमिकतामा राखेर अगाडी बढाइने बताएका छन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल सहित सुदूरपश्चिम भ्रमणमा पुगेका महरले यस क्षेत्रबाट छनोट गरिएका योजनालाई प्राथमिकतामा राखेर अगाडी बढाइने बताए ।
उनले योजना मागका लागि थुप्रै योजना आएपनि सबै योजनाहरु आयोग सगंको परामर्शमा क्रमश प्राथमिकताका आधारमा अगाडि बढाइने बताए ।


केन्द्रिय सदस्य महरले प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन र संयोजनमा विकासका लागि स्थलगत भ्रमणगरी अध्ययन थालिएको बताए । सुदूरपश्चिमका नौ वटै जिल्ला भ्रमणगरी सोमबारमात्रै गृह जिल्ला पुगेका नेतामहरले युग सुहाँउदो र जनताका पिरमार्कालाई सम्बोधन हुने गरी विकास निर्माणका कार्य अगाडि बढाइने बताए ।
केन्द्रीय सदस्यमा निर्वाचित भएपश्चात सुदूरपश्चिम भ्रमणमा आएका नेता महरको गृहजिल्ला डडेल्धुरा सदरमुकाममा भव्य स्वागत समेत भएको छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलले आफूहरु योजना छनोटका लागि सुदूरपश्चिममा आएको र यहाँको धार्मिक पर्यटकिय विकासका लागि द्रुतमार्ग निर्माण गर्न सडक सजांलको स्तरोन्नती गरिने बताए ।
उनले डडेल्धुरा प्राकृतिक रुपमा नै सुन्दर भएकाले यसमा थप आधुनिक विकास गरेर सौन्दर्यता झल्काउने बताए ।

















